काठमाडौं । पार्टीबाट आफुले मासिक २० हजार तलब लिने गरेकाे नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले खुलासा गरेका छन् ।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसगकाे कुराकानीमा उनले आफुले पार्टीबाट मासिक २० हजार रुपैया तलब लिने गरेकाे खुलाएका हुन ।
सो कार्यक्रममा बोल्दै विप्लवले आफूले ट्याक्टर लगाउने लगायतका काम गर्ने गरेको भन्दै हातको ठेला देखाएका छन् ।
विप्लवसँगको अन्तरवार्ता आज राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।