• शनिबार, साउन ९ २०८३

डब्लुएचओले दियो सिनोभ्याक भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागी अनुमति


बुधबार, जेष्ठ १९ २०७८
1.2K
Shares


एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनले बनाएको अर्को भ्याक्सिनलाई पनि आपतकालीन प्रयोग अनुमति दिएको छ। डब्लुएचओले दुई डोज लगाउनु पर्ने सिनोभ्याक भ्याक्सिनलाई मंगलबार प्रयोग अनुमति दिएको हो।

चीनसहित संसारका धेरै ठाउँमा प्रयोग भइरहेको सिनोभ्याकलाई डब्लुएचओले अनुमति दिएपछि अब कोरोनाभाइरसविरूद्ध चीनका दुईटा खोप हुने भएका छन्।

यसअघि चिनियाँ कम्पनी सिनोफार्मले बनाएको खोपलाई डब्लुएचओले अनुमति दिइसकेको छ।

सिनोभ्याक खोप अहिले चीन, चिली, ब्राजिल, मेक्सिको, थाइल्यान्ड, टर्कीलगायत २२ ठाउँमा प्रयोग भइरहेको छ।

‘ १८ वर्षभन्दा माथिका मानिसहरूका लागि यो खोपको दुई डोज दुईदेखि चार साताको अन्तरमा लगाउन सिफारिस गरिन्छ,’ डब्लुएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

डब्लुएचओले फाइजररबायोएनटेक, मोडेर्ना, जोनसन एन्ड जोनसन र अष्ट्राजेनेकाले भारत, दक्षिण कोरिया र युरोपियन युनियनका मुलुकमा उत्पादन गर्न लागेका खोपलाई पनि प्रयोग अनुमति दिएको छ।

यो अनुमतिसँगै आफैंले कुनै खोपको मूल्यांकन गर्न नसक्ने मुलुकहरूले ती देशमा उत्पादन भएका भ्याक्सिनहरूलाई किनेर आफ्ना नागरिकलाई दिन सक्नेछन्।

साथै कोभ्याक्सअन्तर्गत पनि ती भ्याक्सिन दिन सकिने छ। अहिले कोभ्याक्समा अष्ट्राजेनेका र फाइजरका खोपमात्र दिने गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार