
गोरखा । नेपाल विद्यार्थी संघका नेता शिवहरी तिमल्सिनाले स्वास्थ्य सामाग्री सहयाेग गरेका छन् । नेविसंघ गोरखाका उपाध्यक्ष समेत रहेका तिमल्सिनाले भिमसेनथापा गाउँपालिका वडा नं ७ र ८ का लागि स्वास्थ्य सामाग्री सहयोग गरेका हुन ।

मंगलबार वडा नं ८ का वडा अध्यक्ष वासु थापामार्फत सो वडाका लागि र स्वास्थ्यचौकी इन्चार्ज चण्डिका भट्टमार्फत स्वास्थ्यचौकीका लागि मास्क, अक्सिमिटर, जिङ्कचक्की, भिटामीन सी र सेनिटाइजर लगायत स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

सहयाेग हस्तान्तरण कार्यक्रममा भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे, एकोरावका केन्द्रिय महासचिव किशोरजंग थापा, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा लगायतको उपस्थिति रहेकाे थियाे ।
तिमल्सिनाले कोरोना प्रभावित क्षेत्रमा आफ्नो व्यक्तिगत रुपमा स्वास्थ्य सामाग्री सहयोग गरेका हुन ।
