• बुधबार, साउन १३ २०८३

सरकार र थारुहट समितिबीच ६ बुँदे सहमति, रेशम चौधरीको रिहाइका लागि संविधान र कानुनसम्मत पहल गरिने


मंगलबार, जेष्ठ १८ २०७८
875
Shares

काठमाडौं । सरकार र थारुहट-थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

मंगलबार सरकार र थारु कल्याणकारिणी सभाबीच रेशम चौधरीलगायतमाथि लागेको मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति भएको हो ।

थरुहट-थारुवान आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनामा आरोपित रेशम चौधरी, धनिराम चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति भएको हो ।

त्यसैगरी थरुहट-थरुवान आन्दोलनमा सहिद भएका परिवारलाई राहत, सहिद परिवारको व्यवस्थापन गर्ने र घाइतेको उपचार सरकारले गर्ने सहमति भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार