• बुधबार, साउन १३ २०८३

एकता जोगाउन प्रयास जारी राख्ने एमालेको निर्णय


मंगलबार, जेष्ठ १८ २०७८
605
Shares

नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको छ । 

मंगलबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन भैरहेका छलफलबारे विवेचना गर्दै एकता बचाउन प्रयास जारी राख्ने निर्णय भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । 

सोमबार साँझ मात्र अध्यक्ष ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच छलफल भएको थियो । तर औपचारिक वार्ता सुरु हुन सकेको छैन । प्

रवक्ता ज्ञवालीका अनुसार जेठ २ मा बनेको कार्यदलका केही सदस्य कारबाहीमा परेकाले त्यो अतित्वमा छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार