विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालिएको छ । परिवारसँगको सल्लाहमा थप के गर्ने भन्ने जानकारी केहीबेरमा आउने बताइएकाे छ ।
उनकाे पछिल्लो अवस्थाबारे अस्पतालले बिवरण केहिबेरमा सार्वजनिक गर्दैछ ।
साथै परिवारका सदस्यलाई पनि अस्पतालमा बोलाइएको सो पार्टीका नेता हरिष भट्टले जानकारी दिए । राजधानीको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका थापाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइँदै आएको छ ।