• आइतबार, असोज ११ २०८३

महन्थ ठाकुरसहित चार नेता जसपाबाट निष्काशित


मंगलबार, जेष्ठ १८ २०७८
705
Shares

जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष महन्थ ठाकुरसहित ४ जना निष्काशित भएका छन्।

अध्यक्ष उपेन्द्र यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेका हुन्।

यसअघि गएको बुधबार उनीहरु चारै जनालाई स्पष्टीकरण सोधिएको थियो। सो स्पष्टीकरणको जवाफ नदिएपछि चौबीसघण्टे थप स्पष्टीकरण सोधेका थिए।

तर, त्यसको पनि जवाफ नदिएपछि पार्टीबाट निष्काशन गरिएको जसपा स्रोतले जनाएको छ।

महन्थले प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी हुने निर्णय गरिसकेका छन्।

२०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच एकता भएको थियो। चार नेता निष्काशित गरेपछि जसपा औपचारिक रुपमा विभाजन भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार