• आइतबार, असोज ११ २०८३

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डे निर्वाचित


सोमबार, जेष्ठ १७ २०७८
965
Shares

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् ।

कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।

जम्मा खसेको २१२ मध्ये १ मत बदर भएको थियो। २११ मतमध्ये विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दृगनारायण पाण्डेले ११८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का ९३ मत पाएका छन्।

यसअघि बागमती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा पनि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका उम्मेदवार रामबहादुर थापा पराजित भएका थिए। लुम्बिनीका खड्का पनि ओली पक्षका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार