• आइतबार, असोज ११ २०८३

बुढानिलकण्ठमा विपक्षी गठबन्धनका शीर्ष नेता छलफलमा


आइतबार, जेष्ठ १६ २०७८
660
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।

सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता कृष्णबहादुर महरा र देव गुरूङ, नेकपा एमालेका नेता माधवकुमार नेपाल र भीम रावल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवलगायत नेता छलफलमा जुटेका हुन्।

स्रोतकाअनुसार आइतबार बिहान छलफल सुरू भएको हो।

विपक्षी गठबन्धन अब कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तय गर्न देउवा निवासमा छलफलमा जुटेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार