गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आजबाट सुरु हुँदैछ । जेठ ११ मा मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले बर्खे अधिवेशन डाकेकी थिइन् ।
अधिवेशनको पहिलो दिन आज प्रदेश सभाका संसदीय दलका नेताहरुले बोल्ने छन् । दलका नेताहरु बोलेपछि भोलि प्रदेश सभामा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिने छ ।
प्रदेश सभाको यस अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने छन् । २९ वैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक प्रावधान अनुसार यस अधिवेशनमा विश्वास माग्नेछन् ।