• आइतबार, असोज ११ २०८३

नयाँ बजेटले गोरखालाई समेट्न नसकेकाे बाबुराम भट्टराईको गुनासाे


आइतबार, जेष्ठ १६ २०७८
690
Shares

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराइईले नयाँ बजेटले गोरखालाई समेट्न नसकेकाे गुनासाे गरेका छन् । बजेटमा आफ्नो गृहजिल्ला गोरखाका लागि कुनै कार्यक्रम नराखिएको भन्दै उनले सामाजिक सञ्जाल मार्फत बजेटबारे प्रतिकृया दिएका हुन ।

जनता समाजवादवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई ‘नहुने चुनावको एमाले घोषणापत्र’को संज्ञा समेत दिएका छन्।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार घोषणा गरेको बजेटलाई पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले ‘सीधासादा जनतालाई ललिपप’ भनेका छन्।

पुरानै नारा र कार्यक्रम बजेटमा राखिएको डा. भट्टराईको टिप्प्णी छ।

‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन।

सीधासादा मतदातालाई ललिपप बाँडेको देखियो,’ शनिबार राति सामाजिक सञ्जालमा डा. भट्टराईले लेखेका छन्, ‘पपुलिजममा पनि खासै सिर्जनात्मकता देखिएन। उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो। एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार