• बुधबार, साउन १३ २०८३

नारायणकाजी श्रेष्ठले ल्याए गोरखामा अक्सिजनसहितका स्वास्थ्य सामग्री


आइतबार, जेष्ठ १६ २०७८
725
Shares

गोरखा । प्रतिनिधी सभा सदस्य नारायणकाजी श्रेष्ठले गोरखाका बिभिन्न निकायका लागि अक्सिजनसहितका स्वास्थ्य सामाग्री ल्याएका छन् ।

स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल लगायत स्थानीय तहहरुलाई सहयाेग गर्न भन्दै उनले अक्सिजनसहितका सिलिण्डर, अक्सिजन कन्सनत्रेटर लगायतका सामाग्री ल्याएका हुन ।

नेकपा माओबादी केन्द्रका नेता समेत रहेका श्रेष्ठले शनिबार स्वास्थ्य कार्यालय गोरखालाई १० थान अक्सिजन सिलिण्डर, गोरखा अस्पताललाई १० वटा सिलिण्डर हस्तान्तरण गरेका छन।

त्यस्तै उनले भिमसेन थापा र शहीदलखन गाउँपालिकाका लागि दुई थान अक्सिजन कन्सनत्रेटर सहयोग गरेका थिए ।

स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको सिलिण्डर स्थानीय तहको स्वास्थ्य संस्थामा पठाईने उनले बताए ।

श्रेष्ठ गोरखामा ५ दिन बस्ने र यस अवधीमा बिभिन्न स्थानीय तहमा पुगेर काेभिड ब्यवस्थापनमा सरकारलाई सघाउने बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार