सरकारले वृद्धभत्ता ४ हजार पुर्याएको छ। सरकारले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धिगरी ४ हजार पुर्याएको हो।
सरकारले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बजेट विनियोजन गरेको छ।
शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् ।