• बुधबार, साउन १३ २०८३

कोरोनाबाट वडाध्यक्षको मृत्यु


बिहिबार, जेष्ठ १३ २०७८
625
Shares

कोरोना संक्रमणबाट पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको मृत्‍यु भएको छ ।

दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूको उपचारको क्रममा विहीबार बिहान मृत्यु भएको हो ।

शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार