• आइतबार, असोज ११ २०८३

संसद् विघटनबारे सर्वाेच्च अदालतमा दर्ता १९ रिटको सुनुवाइ आजदेखि


बिहिबार, जेष्ठ १३ २०७८
700
Shares

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा दर्ता रिटमध्ये १९ रिटको सुनुवाइ आज (बिहीबार) सुरु हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक गत शुक्रबार राति संसद् भंगविरुद्ध गरेपछि सर्वाेच्च अदालतमा ३० रिट दर्ता भएका छन्।

तीमध्ये १९ रिटको सुनुवाइ आज बस्ने नियमित इजलासमा सुरु हुने भएको हो। बाँकी ११ रिटको सुनुवाइ भने भोलि शुक्रबार बस्ने नियमित संवैधानिक इजलासमा सुरु हुनेछ।

३० रिटमध्ये ४ वटा भने प्रधानमन्त्री ओलीकै पक्षबाट दर्ता गरिएका छन्। आन्तरिम आदेश माग गर्दै परेका १९ रिट एकै प्रकृतिका भएकाले सबैलाई एकै ठाँउ राखेर आज सुनुवाइ गर्न लागिएको सर्वोच्च अदालतले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार