• आइतबार, असोज ११ २०८३

कोरोना खोप उपलब्ध गराइदिन भारतीय समकक्षीलाई राष्ट्रपतिले गरिन् अनुरोध


बुधबार, जेष्ठ १२ २०७८
695
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिने पहल गरिदिन भारतीय समकक्षी रामनाथ कोविन्दलाई अनुरोध गरेकी छन्।

मंगलबार कूटनीतिक माध्यमबाट पत्राचार गर्दै खोप उपलब्ध गराउने पहलका लागि आग्रह गरेको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए।

पत्राचारमा भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद समेत दिएको उनले बताए।

नेपाल सरकारले खोप किन्नका लागि मार्चमा रकम तिरिसकेको छ।

भारतले यसअघि १० लाख खोप अनुदान दिएको थियो। त्यसपछि नेपालले २० लाख खोप किन्नका लागि भारतलाई रकम उपलब्ध गराएको थियो। त्योमध्ये १० लाख खोप आएको छ भने बाँकी १० लाख आएको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार