• आइतबार, असोज ११ २०८३

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरू


बुधबार, जेष्ठ १२ २०७८
930
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बसेको छ।

बैठक केहीबेर अगाडि सुरू भएको हो। बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीहरू उपस्थित छन्।

अहिले पदाधिकारी बैठक जारी रहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताए।

सभापति देउवासहित विपक्षी ५ दलका शीर्ष नेता मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बैठक बसेका थिए।

आफूलाई बहुमत हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको विरोधमा देउवाले १४६ सांसदसहित सर्वोच्चमा रिट दिएका छन्।

अब कसरी अगाडि बढ्ने र १४ औं महाधिवेशन तयारीबारे आवश्यक रणनीति तय गर्न आज देउवाले पदाधिकारी बैठक राखेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार