• आइतबार, असोज ११ २०८३

थप १२ नेतालाई एमालेले स्पष्टीकरण साेध्ने (नामसहित)


बुधबार, जेष्ठ १२ २०७८
750
Shares

नेकपा एमालेले पार्टीका थप १२ नेतालाई स्पष्टीकरण साेध्ने भएकाे छ।

विघटित प्रतिनिधिसभाका १२ जना सांसदलाई स्पष्टीकरण पत्र पठाउन लागिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

सोमबार बसेको एमाले स्थायी कमिटी बैठकको निर्णय अनुसार पार्टी हित विपरित काम गर्ने झलनाथ खनाल- माधव नेपाल पक्षका १२ जना सांसदलाई स्पष्टीकरण सोध्न लागिएको हो।

एमाले स्थायी कमिटीले सोमबार माधव नेपाल, झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गरेको थियो।

आज स्पष्टिकरण पत्र पठाउने लिष्टमा सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सघाउन २३ जना विघटित प्रतिनिधि सभाका सदस्यले हस्ताक्षर गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार