• बुधबार, साउन १३ २०८३

विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटे


मंगलबार, जेष्ठ ११ २०७८
550
Shares


काठमाडौं । संसद विघटनपछिको अवस्थाबारे विपक्षी दलका नेताहरु सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका हुन् ।

सिंहदरबारमा भएको छलफलको विषय खुलाइएको छैन । यद्यपि समसामयिक राजनीतिक अवस्था, संसद विघटनलगायतका विषयमा छलफल भएको हुन सक्ने स्रोतको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार