काठमाडौं । बहुमत हुँदाहुँदै राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वोच्च अदालत गएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधवकुमार नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका १४६ जना सांसदको हस्ताक्षरसहित देउवा केहीबेरअगाडि सर्वोच्च पुगेका छन्।
शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।
त्यसलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनले धारा ७६ ९५० अनुसारको प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षरसहित रिट तयार पारेका छन् ।

देउवासँगै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत र राष्ट्रिय जनमोर्चाका सांसदहरू सर्वोच्चमा रिट दिन गएका हुन्।

