काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्दै नेकपा एमालेका माधव नेपाल पक्षका सांसदहरुले हस्ताक्षर बुझाएका छन्।

१ सय ४९ सांसदको हस्ताक्षरसहित बहुमत दाबी गर्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त नगरेपछि बहुमत सांसद हस्ताक्षरसहित रिट निवेदन दिनका लागि अदालत जान लागेका हुन्।

देउवाको पक्षमा हस्ताक्षर गर्ने नेकपा एमालेका माधब नेपाल पक्षका सांसदहरुमा माधव नेपाल, झलनाथ खनाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, पुष्पा कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालगायत रहेको स्रोतले बताएको छ ।