गोरखा । गोरखामा क्रियाशील चार विद्यार्थी संगठनले सरकारले गरेकाे प्रतिनिधि सभा बिघटन र मध्यावधि निर्वाचनको घोषणा प्रति गम्भिर भत्सना गरेकाे छ ।
आइतबार संयुक्त प्रेस बक्तव्य जारी गर्दै चार विद्यार्थी संगठनले राष्टपति विधा देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीकाे कदम विरुद्ध आन्दोलित हुन आव्हान समेत गरेको छ ।
नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, एमाले माधव पक्ष र जनता समाजवादी पार्टी निकट विधार्थी संगठनले संयुक्त विज्ञप्ती प्रकाशित गर्दै सरकारले जनताकाे स्वास्थ्य माथी खेलबाड गरेकाे समेत आराेप लगाएकाे छ ।

‘कोरोना महामारी नियन्त्रणमा ध्यान नदिएका कारण बिरामीले बेड, अक्सिजन र औषधी नपाइरहेको अबस्थामा मध्यावधि निर्वाचन घोषणा गर्नु सरकारको देश र जनताप्रति गैरजिम्मेवारको पराकाष्ठा हो । जनताको स्वास्थ्यप्रति खेलवाड र अपराध हो’, संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ सरकारले जनतामाथि गरेको स्वास्थ्य अपराध तथा प्रतिनिधिसभा बिघटनका विरुद्ध एककजुट हुदै प्रतिरोध गर्न आ–आफ्नो ठाउँबाट जुट्न सम्पूर्ण विद्यार्थी तथा आमजनसमुदायलाई अनुरोध गर्दछौँ ।’
विज्ञप्तिमा नेविसंघका उपाध्यक्ष शिवहरि तिमिल्सिना, अखिल क्रान्तिकारीका संयोजक सञ्जीव थापा मगर, समाजवादी विद्यार्थी युनियनका संयोजक मिलन न्यौपाने र अनेरास्ववियू माधव समुहका अध्यक्ष सचिन भट्टराईले हस्ताक्षर गरेका छन् ।
विज्ञप्ती
