• बुधबार, साउन १३ २०८३

राष्ट्रपतिद्धारा नागरिकतासम्बन्धी अध्यादेश जारी


आइतबार, जेष्ठ ९ २०७८
665
Shares


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् ।

जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ ।

हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्षभन्दा अघिदेखि छलफलका क्रममा छ । तर सरकारले संसद विघटन गरेपछि अध्यादेशको रुपमा अर्को नागरिकता ऐन ल्याएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार