• बुधबार, साउन १३ २०८३

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर छ्यापेको आरोपमा नेविसंघका नेता पक्राउ


आइतबार, जेष्ठ ९ २०७८
510
Shares


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा गोबर छ्याप्‍ने नेपाल विद्यार्थी संघ (नेविसंघ)का एक नेता पक्राउ परेको छ ।

मध्यबानेश्‍वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

त्रिपाठीलाई प्रहरीले महानगरीय प्रहरी वृत्त, बानेश्‍वरको हिरासतमा राखेको छ । उनलाई रिहाइ गर्न नेविसंघले माग गरेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएकाले आफूहरू सडक संघर्षमा आउन बाध्य भएको र सम्पूर्ण लोकतन्त्रवादी एक जुट भई संघर्षको बाटोबाट संविधानको संरक्षण गर्न उनले आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार