काठमाडौँ । राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाएका विज्ञप्ति फेरि राखेको छ ।

बिहान कार्यालयले वेबसाइटबाट प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा, प्रधानमन्त्रीमा केपी शर्मा ओली र शेरबहादुर देउवाको दाबी नपुगेको र नेपालको संविधानको धारा ७६ (५) अनुरुप सरकार गठनको आह्वान भएका विज्ञप्ति हटाइएको थियो ।
अहिले फेरि ती सबै विज्ञप्ति कार्यालयको वेबसाइटमा राखिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ५ जेठमा ७६(५)को सरकार बनाउन बहुमत पुग्ने आधारसहित दाबी पेस गर्न एक दिनको समय दिएर विज्ञप्ति जारी गरेकी थिइन् ।


भने शनिबार बिहानै एक बजे प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा, प्रधानमन्त्रीमा केपी शर्मा ओली र शेरबहादुर देउवाको दाबी नपुगेका विज्ञप्ति जारी गरेको थियो ।