मध्यरातमा राष्ट्रपति कार्यालयले विज्ञप्ती निकालेर दुवै पक्षकाे दावी नपुगेकाे बताएकाे छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले पेश गरेको दाबी नपुगेको ठहर गरेकी हुन।
दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको निर्णय राष्ट्रपतिले लिएकी छन्। उनकाे सचिवालयले शुक्रबार राती नै विज्ञप्ती मार्फत साे निर्णय सार्वजानिक गरेकाे छ ।
हेर्नुस विज्ञप्ती


