• आइतबार, असोज ११ २०८३

देउवालाई ओलीको प्रस्ताव– राष्ट्रिय सरकार बनाऔं


शुक्रबार, जेष्ठ ७ २०७८
685
Shares

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन्।

प्रधानमन्त्री ओलीले आज बिहान सभापति देउवालाई फोन गरेर नयाँ सरकार बनाउन वा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन्।

यो कुरा प्रधानमन्त्री ओलीले आज दिउँसो बालुवाटारमा पत्रकार सम्मेलनमा बताएका हुन्।

‘आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाजीलाई फोन गरेर मैले तपाईंहरू सरकार बनाउनुस् भनेको थिएँ। नभए मेरै नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं भनेको थिएँ,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार