काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

पार्टीका शीर्ष नेताहरुसहित सिंहदरबार पुगेका सभापति देउवाले सरकारलाई ज्ञापनपत्र बुझाएका हुन ।
कोरोनाविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउन, अक्सिजनको अभाव अन्त्य गर्न र खोप खरिदमा भएको अनियमितताको छानबिन गर्न समेत उनले माग गरेका छन । महामारीको पहिलेको चरण भन्दा दोस्रो चरण भयावह भएको र त्यसलाई नियन्त्रण गर्न सरकार चुकेको ज्ञापनपत्रमा उल्लेख छ ।
