काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएको हो।
बैठकमा राष्ट्रियसभा उपनिर्वाचन र आगामी बजेटका विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
स्थायी कमिटी बैठक सकेलगत्तै ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।
बिहिबार नियमित मन्त्रिपरिषद बैठक बस्ने भएकाले बोलाइएको एक मन्त्रीले बताए।
