
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गाेपनीयताकाे सपथ लिएका छन्।
प्रदेश प्रमुख सिता कुमारी पाैडेलकाे निवासमा बुधबार दिउँसाे साढे ३ बजे अर्थमन्त्री किरण गुरुङ, भाैतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुनले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

यस्तै युवा तथा खेलकुदमन्त्री नियुक्त भएका दीपक मनाङे भने शपथमा अनुपस्थित भए । उनि काठमाण्डाैमा रहेका कारण अनुपस्थित रहेकाे जानकारी मुख्यमन्त्री गुरुङ्गलाई गराएका थिए ।
२९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।