राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सभा बागमती प्रदेशको उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका रामबहादुर थापा ‘बादल’लाई मतदान गर्ने भएको छ ।

एमालेले बादललाई मतदान गर्न अनुरोधसहितको पत्र पठाएपछि आफ्नो पार्टीले बादलको समर्थनमा मतदान गर्न लागेको बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।