राष्ट्रिय सभा सदस्यको उपचुनावमा उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा (बादल) नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न मंगलबार दिउँसो कोटेश्वरस्थित उनको निवासमा पुगेका छन् ।

जेठ ६ गते बाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट बादल उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको सहयोग र समर्थनमा नेता नेपालनिकटका खिमलाल देवकोटा पनि उम्मेदवार छन् ।

एमाले महासचिव ईश्वर पोखरेलले बादललाई मत हाल्न पार्टीको तर्फबाट बागमती प्रदेश जनप्रतिनिधि, स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रदेश सांसद लाई ह्वीप जारी गरेका छन्। भने माओवादी केन्द्रले भने सोमबार विज्ञप्ति निकालेर देवकोटालाई मत दिन ह्वीप जारी गरेको छ।
