• आइतबार, असोज ११ २०८३

हप्तामा हुने काम दिनमा, दिनमा हुने काम घन्टामा गर्नुस् : प्रधानमन्त्री ओली


आइतबार, जेष्ठ २ २०७८
685
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस महामारीका कारण कुनै पनि नागरिकको ज्यान जान नहुने भएकोले ‘र्‍यापिड रेक्सपोन्स टिम’ बनाएर काम गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले कानूनी प्रक्रिया तथा आर्थिक स्रोत अभावले कुनै पनि नागरिकको ज्यान जान नहुने पनि बताए।

आज सिंहदरबारमा बसेको सिसिएमसीको बैठकमा प्रधानमन्त्री ओलीले उक्त कुरा भनेका हुन्।

प्रधानमन्त्री ओलीले बैठकमा राखेका कुराबारे उदृत गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘हाम्रा प्रक्रिया र आर्थिक स्रोत अभावले कुनै नागरिकको ज्यान जान हुन्न र हप्तामा हुने काम दिनमा र दिनमा हुने काम घन्टामा गर्न र्‍यापिड रेस्पोन्स टिम बनाउन परे बनाएर काम गर्नुहोस्।’

उक्त बैठकमा कानून अभावले पनि महामारीविरूद्ध तदारूकताका साथ काम गर्न नसकिएको कुरा उठेको थियो।

‘संक्रामक रोग ऐन २०२० ले मात्रै नपुगेकोले कानून मन्त्रालयलाई आवश्यक काम गर्न भनिएको छ। थप कानूनी संरचना आवश्यक पर्ने देखिएको छ,’ उनले भने, ‘खरिद प्रक्रियामा एड्भान्स पेमेन्टको परिकल्पना छैन अहिले एड्भान्स पेमेन्ट नगरी खोप खरिद गर्न नसकिने अवस्था छ।’

साथै देशको समग्र स्वास्थ्य संरचनालाई एकीकृत रूपमा महामारीविरूद्ध लगाउने तयारी पनि छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार