• मंगलबार, साउन १२ २०८३

राष्ट्रिय सरकार बनाउने प्रस्ताव गर्न ओलीलाई भेटेकाे बाबुरामकाे खुलासा


आइतबार, जेष्ठ २ २०७८
900
Shares

पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउन भनेको खुलासा गरेका छन् ।

डा. भट्टराईले आइतबार ट्वीटरमार्फत् यो कुराको खुलासा गरेका हुन् । ‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो । वहाँले नमानेपछि अरूलाई नभनेको हुँ,’ भट्टराईले लेखेका छन् ।

ओली निकट एमाले नेता महेश बस्नेतले हालै एक टेलिभिजन अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको अभिव्यक्ति दिएका थिए । त्यही सन्दर्भमा भट्टराईले ओलीलाई आफूले भेटेको र भेटमा राष्ट्रिय सरकार बनाउन भनेको प्रष्टीकरण ट्वीटरमार्फत् दिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार