• मंगलबार, साउन १२ २०८३

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आज शपथ लिने


शुक्रबार, बैशाख ३१ २०७८
1.6K
Shares

विपक्षी कुनै दलले बहुमत जुटाउन नसकेपछि संसदमा सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले पदको शपथ आज लिँदै छन्।

संविधानको धारा ७६ (३) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरेकी हुन्।

उनको शपथ आज दिउँसो २ बजे गराउने तयारी शीतल निवासले गरेको छ।

गत सोमबार संसदमा विश्वासको मत माग्दा बहुमत प्राप्त हुन नसकेपछि ओली पदबाट हटेका थिए।

त्यसपछि राष्ट्रपति संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई दलभन्दा बढी मिलेर बहुमतको सरकार बनाउन ३ दिन अर्थात् हिजो बिहीबार राति ९ बजेसम्मको समय दिएकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार