• मंगलबार, साउन १२ २०८३

नारायणकाजीको आक्रोश : जनता ‘मारेर’ कसरी बस्‍न सकेको छ सरकार ?


बिहिबार, बैशाख ३० २०७८
645
Shares


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अक्सिजन नपाएर कोरोना संक्रमित मरे पनि सरकार टुलुटुलु हेरेर बसिरहेको बताएका छन्।

नेता श्रेष्ठले बिहीबार विहान सामाजिक सञ्जालमा सरकारले महामारीको बेलामा गर्न सक्‍ने काम पनि नगरेको भन्‍दै अब सबैजनाले आ—आफ्नो तर्फबाट कोभिडविरुद्धको लडाइँमा पहल गर्नु पर्ने बताएका हुन ।

उनले भनेका छन्, ‘ आइसियू र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन् ।उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नु परेको छ ।’

आक्रोशित हुँदै उनले प्रश्‍न गरेका छन्, ‘बुटवललगायतका अस्पतालहरुले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामी हरुको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारी बाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डा. संतोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ। यसरी गर्न सक्ने काम पनि नगरी जनता ‘मारेर’ बस्न कसरी सकेको छ सरकार ?’

उनले अग्रपंक्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मीहरुको कामको सम्मान र अनुसरण गर्दै जनता बचाउन आ—आफ्नो ठाँउबाट लाग्‍न सबैमा अपील समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार