• आइतबार, असोज ११ २०८३

माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा


बिहिबार, बैशाख ३० २०७८
995
Shares

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवाको निर्णय लिएको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए।

गत २३ फागुनमा सर्वोच्च अदालतको फैसलासँगै एमाले ब्युँतिएपछि पार्टीभित्र समानान्तर गतिविधि गरेको भन्दै नेताहरू नेपाल, रावल, पाण्डे र भुसाललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो।

पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमा आज सकिँदै थियो। यस्तो बेला एमाले अध्यक्ष ओलीले रणनीतिक रुपमा चार नेतामाथिको कारवाही फुकुवा गरेका हुन्।

यसअघि आजै नेता विष्णु पौडेलले कोटेश्वरमा माधव नेपालसँग छलफल गर्दै २०७५ जेठ ३ अघिको एमालेको स्थायी कमिटी बैठक बसेर बाँकी विषयमा छलफल गर्न प्रस्ताव गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार