• आइतबार, असोज ११ २०८३

गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्री नियुक्त


बुधबार, बैशाख २९ २०७८
950
Shares

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन्।

विपक्षी दलको दाबी नपुगेको भन्दै गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले गुरूङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

गुरूङ अहिले कोरोना संक्रमित छन्। स्वास्थ्यका मापदण्ड अपनाएर उनको सपथको तयारी गरिएको छ।

नवनियुक्त मुख्यमन्त्री गुरुङ पद तथा गाेपनियताकाे सपथ खान प्रदेश प्रमुखकाे निबासमा पुगिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार