काठमाण्डाै । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत डा. भट्टराईले पूर्वप्रधानमन्त्री बाहेककाको नेतृत्वमा सरकार बनाउनुपर्ने प्रस्ताव राखेका हुन ।
उनले देशको संकट समाधानका लागि ४ उपाय प्रस्तुत गर्दै संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्वप्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाई एक वर्षभित्र चुनाव गर्नुपर्ने धारणा अघि सारेका छन्।
डा. भट्टराईले लेखेका छन्, ‘देशको संकट हल गर्न यसो गरौं : १. धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्वप्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं २. दलका प्रमुख/पूर्वप्रम रहेको निर्देशक समिति, ३. साझा न्यूनतम कार्यक्रम/कोभिड नियन्त्रण, टीआरसी/मुद्दा, संविधान संशोधन, आर्थिक राहत इ. लागू ४. एक वर्षभित्र चुनाव।’