• बिहिबार, साउन १४ २०८३

कांग्रेसले संक्रमित बाेक्न एम्बुलेन्स पनि चलाउने


बुधबार, बैशाख २९ २०७८
665
Shares

पोखरा । नेपाली कांग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउन दिने र एम्बुलेन्स सञ्चालनसम्बन्धी निर्णयबारे मंगलबार जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ ।

सरकारलाई आवश्यक परेमा पोखरा ४ स्थित चिप्लेढुंगा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइसोलेसन वार्ड बनाउन दिने पार्टीले निर्णय गरेको हो ।

कास्की कांग्रेसले संक्रमितलाई अस्पतालसम्म पुग्न कठिनाइ हुने गरेको र महंगो रकम तिर्नुपर्ने अवस्था रहेकाले पार्टीले जेठ १ गतेदेखि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको हो । यसका लागि कास्की कांग्रेसले प्रशासनसँग अनुमति पनि लिएको छ ।

नेपाली कांग्रेस कास्की सचिव देवेन्द्र रानाभाट र प्रवक्ता नवीन सिग्देल मंगलबार जिल्ला प्रशासन कार्यालय कास्की पुगेर प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई पार्टीको निर्णय जानकारी गराएका थिए ।

कास्की कांग्रेस सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले आवश्यकता अनुसार समन्वय गर्दै जाने उल्लेख गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार