गोरखा । जनता समाजवादी पार्टी, गण्डकी संसदीय दलका नेता हरिशरण आचार्य अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमण पुष्टि भएका आचार्य मंगलबार चरक मेमोरियल अस्पतालमा भर्ना भएको अस्पताल स्रोतले जनाएको छ ।
स्वास्थ्य अवस्था बिग्रेपछि आचार्य अस्पताल पुगेका थिए । पेट दुखेपछि अस्पताल गएका आचार्यमा जन्डिस देखिएको जनाइएको छ ।
अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाे अस्पताल स्रोतले जनाएको छ ।
उनि गएकाे प्रदेश सभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ काे प्रदेश क बाट निर्वाचित भएका हुन ।