गोरखा । नेकपा माआवोदी केन्द्र गोरखाले जिल्ला पार्टी कार्यालय भवन कोरोना संक्रमितलाई राख्न आइसोलेसनको रुपमा प्रयोग गर्न दिइने निणर्य गरेको छ ।

माओवादी केन्द गोरखाका अध्यक्ष लेख बहादुर थापा मगरले आज एक विज्ञप्ति जारी गर्दै नगरपालिका वडा नं. ६ स्थित पार्टी कार्यालय भवन जिल्लामा आइसोलेसन बनाउन दिने निर्णय गरिएको बताए।
दिनप्रतिदिन कोरोना संक्रमित संख्या वृद्धि भइरहेको र उनीहरूलाई राख्न आइसोलेसन केन्द्र सञ्चालन गर्ने ठाउँ अभाव देखिएकोले पार्टी कार्यालय भवन प्रयोग गर्न दिने अध्यक्ष मगरले जानकारी दिए ।

नेपाली कांग्रेस गोरखाले पनि पार्टी कार्यालयमा आइसोलेसन बनाउन दिने निणर्य गरिसकेको छ ।
