काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमिता नभएको दाबी गरेका छन् ।
मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले खोप आयातमा सरकारले एक पैसा पनि कसैलाई कमिसन नदिएको र नेताहरुलाई बुझेर मात्र बोल्न चेतावनी दिए ।
५० लाख डोज खोप कमिसनका कारण आयात प्रभावित भएको खबरहरु सार्वजनिक भएसंगै खोप खरिदमा भ्रष्टाचार भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपालले वक्तव्य दिएका थिए ।
उनका अनुसार कम्पनीमा भएको आगलागी, भारतमा महामारी फैलिएपछि खोप निर्यातमा रोक लगाउँदा सेरमसँग नेपालले खरिद गरिसकेको १० लाख डोज खोप आउन ढिला भएको बताए ।