• मंगलबार, साउन १२ २०८३

सभापति देउवाले बोलाए पदाधिकारी बैठक


मंगलबार, बैशाख २८ २०७८
605
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

आज अपरान्ह ३ बजे पदाधिकारी बैठक देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको हो।

देउवाका स्वकीय सचिव भानु देउवाले आज पदाधिकारी बैठक बस्ने बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि देउवाले यसबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्।

पार्टी पदाधिकारी बैठक बसेपछि नेकपा माओवादी केन्द्र, जसपालगायत दलसँग नयाँ सरकार गठनबारे छलफल गर्ने तयारी कांग्रेसको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विस्वासको मत गुमाएपछि स्वतस् पदमुक्त भएका थिए।

प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत आएको थियो भने विपक्षमा १२४ मत आएको थियो। जसपाको महन्थ ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार