• मंगलबार, साउन १२ २०८३

कोभिड नियन्त्रणमा जुट्न नेपाली कांग्रेस गोरखाको आह्वन (विज्ञप्तिसहित)


मंगलबार, बैशाख २८ २०७८
860
Shares


गोरखा । तिब्र रुपमा फैलिदै गई रहेको कोरोना भाइरसको दोस्रो लहरको नियन्त्रणमा जुट्न नेपाली कांग्रेस गोरखाले आह्वन गरेको छ ।

कांग्रेस जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले सोमवार प्रेस बिज्ञप्ती जारी गर्दै जनताको जिबन रक्षा गर्न सरकार असफल भएकाले कोभिड नियन्त्रणमा जुट्न आह्वन गरेको हो ।

आइशोलेसन वेड र अक्सिजन अभावमा सर्वसाधारण नागरिकले दिनदिनै ज्यान गुमाउनु परेको भन्दै गोरखा कांग्रेसले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

जिल्लामा अक्सिजन, आइशोलेसन वेड नपाएर बिरामीले उपचार नपाउनु दुखद भएको बताउँदै कांग्रेस गोरखाले आइशोलेसन बनाउन पार्टी कार्यालय दिने निर्णय गरेको सचिव न्यौपानेले जानकारी दिए ।

कोरोना रोकथाम र नियन्त्रणको काममा बर्तमान सरकार पूर्ण रुपले असफल भएको नेपाली काँग्रेस गोरखाले ठहर गरेको छ ।

केन्द्र र प्रदेशको गैरजिम्मेवारी पनले स्थानीय तहले पनि राम्रोसँग काम गर्न नपाएको कांग्रेसको निस्कर्ष छ । कांग्रेस गोरखाले सत्ता स्वार्थ छोडेर जनताको जीवनरक्षामा लाग्न सरकारलाई आग्रह गरेको हो। जिल्लाभर स्वाब संकलन, कन्ट्याक्ट टे«सिङ र संभावित कोरोना संक्रमित खोजीको काम प्रभावकारी बनाउन विज्ञप्ती मार्फत माग गरिएको छ ।

नागरिकको जीवनरक्षा गर्नको लागि तत्काल आवश्यक अक्सिजन, आइसियू बेड र खोप लगायतका आवश्यक औषधी उपकरण उपलब्ध गराउन काँग्रेसले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको हो ।

सबै स्थानीय तहहरुले आवश्यक साधन स्रोत संघिय र प्रदेश सरकारसँग माग गरी क्वारेन्टिन, आइसोलेशन, कोभिड अस्पताल लगायतका संरचना निर्माण र स्वास्थ्य सम्बन्धि आवश्यक यन्त्र उपकारण र औषधी खरिद गरी नागरिकको जीवनरक्षा निम्ति आवश्यक कार्य गर्न पनि माग गरिएको कांग्रेस जिल्ला सचिव न्यौपानेले बताए ।

No description available.
No description available.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार