• आइतबार, असोज ११ २०८३

गण्डकी प्रदेश : कांग्रेसका नेपालीलाई मुख्यमन्त्री बनाउने पत्रमा हस्ताक्षर गर्न जनमोर्चाको ह्वीप


सोमबार, बैशाख २७ २०७८
720
Shares

पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्री बनाउने पत्रमा हस्ताक्षर गर्न सांसदहरूलाई ह्वीप लगाएको छ।

प्रदेशमा जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले सोमबार सांसदहरूलाई ह्वीप जारी गरेकी हुन्।

उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनमोर्चा र जसपाका ३१ जना सांसदले नेपालीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई दाबी प्रस्तुत गर्ने भएकाले उक्त पत्रमा हस्ताक्षर गर्न भनेकी हुन्। उक्त ह्वीप इमेल र सामाजिक सञ्जालमा पनि पठाइएको उनले बताएकी छन्।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आइतबार राजीनामा दिएपछि प्रदेश सीताकुमारी पौडेलले तीन दिनभित्र बहुमतको सरकार दाबी गर्न आह्वान गरेकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार