• मंगलबार, साउन १२ २०८३

जनता मरिरहँदा टुलुटुलु हेरिरहेका निरीह प्रधानमन्त्री : देउवा


सोमबार, बैशाख २७ २०७८
700
Shares

Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको भयावह अवस्था आउनुमा सरकार जिम्मेवार भएको बताएका छन् ।

विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले सरकारले समयमै काम नगर्दा महामारीको भयावह अवस्था आएको बताए ।

उनले अघि भने, ‘दुई साता अगाडि बढ्न थालेको अवस्थामा प्रधनमन्त्रीजी ठूलो तामझामका साथ तयार नै नभएको धरहरा उद्घाटन गर्न जानुभयो । यो गैर जिम्मेवारीको नमुना हो ।’

उनले कमिसनका कारण खोप आउन नसकेको दाबी गरे । सरकार नै भ्रष्टाचारमा संलग्न भएको भन्दै देउवाले जनताको जीवन रक्षा गर्ने औषधिमा भ्रष्टाचार गर्नु जनताविरुद्धको अक्ष्यम्य अपराध भएको बताए ।

पहिलो लहरमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको र अहिले खोपमा भ्रष्टाचार भएको भन्दै उनले भने, ‘यो भन्दा निर्लज्जता के हुनसक्छ ? व्यापारिक घरानाहरुलाई पोस्न तपाईंले नेपाली जनताको जीवन दाउमा लगाउनुभएको इतिहासले बिर्सन्छ ?’

प्रधानमन्त्री ओली स्वयंले औषधि नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनुपर्ने छैन भनेको स्मरण गर्दै उनले प्रश्न गरे, ‘आज ज्यान गुमाइरहेकाहरु नेपाली होइनन् ? कहाँ गयो तपाईंको प्रतिवद्धता ?’

देउवाले अघि भने, ‘जनताका लागि अक्सिजनको व्यवस्था गर्न नसक्ने, आक्सिजन बेड, आईसीयू, भेन्टिलेटर र अस्पतालको अभावमा जनता मरिरहँदा टुलुटुलु हेरिरहेका निरीह प्रधानमन्त्रीले भाषणमा आत्मरति र आत्मप्रशंसा गर्नु विडम्बनाबाहेक के हुनसक्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार