काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल पक्षले पार्टी विभाजन गरे आफू त्यसमा सहभागी हुने धारणा सार्वजनिक गरेका छन् ।

गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रष्ट पारेका हुन् ।
खनाल र नेपाल हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु,’ ‘२ जेठ २०७५ अगाडिकै अवस्थामा एमाले सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली तयार हुनु भएन । त्यसैले म उहाँको साथमा छैन’, गौतमको भनाइ छ ।