• मंगलबार, साउन १२ २०८३

बाबुराम भट्टराईले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अघि सारेका चार कारण


सोमबार, बैशाख २७ २०७८
575
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु पर्नाका चार कारण अगाडि सारेका छन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला सोमबार बिहान पूर्वप्रधानमन्त्री डा. भट्टराईले उनलाई आजै हटाउनुपर्नाका चार कारण उल्लेख गर्दै ट्वीट गरेका छन्।

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव गर्दैछन्।

भट्टराईले प्रधानमन्त्री ओलीलाई आजै पदबाट बिदाइ गर्नुपर्नाका कारणहरूमा कोरोना नियन्त्रणमा पूर्ण रूपमा सरकार असफल रहनुलाई पहिलो नम्बरमा राखेका छन्।

ओलीले संविधानविपरीत प्रतिनिधि सभा विघटन गर्नु र करिब दुई तिहाइ नजिकको मत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको पनि भट्टराईको भनाइ छ।

संवैधानिक अंगलगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको तथा कोरोनाविरूद्ध खोप खरिदमा समेत भ्रष्टाचार गरेको आरोप भट्टराईको छ।

भट्टराईले पहिलेदेखि नै प्रधानमन्त्रीमा ओलीको विकल्प खोज्नुपर्ने बताइरहेका थिए। तर उनको दल जसपा भने तटस्थ बस्ने निर्णयमा पुगेको छ। प्रतिनिधि सभामा दुई निलम्बितसहित जसपाका ३४ सांसद छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार