• मंगलबार, साउन १२ २०८३

नेता खनाल सङ्क्रमणमुक्त


सोमबार, बैशाख २७ २०७८
665
Shares

काठमाण्डौ – नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमित भई नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत वरिष्ठ नेता खनाल सङ्क्रमणमुक्त भएका हुन् ।

हिजो पीसीआर परीक्षण गर्दा रिपोट नेगेटिभ देखिएको हो ।

सङ्क्रमित भएपछि गएको बैशाख १८ गते अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।

सङ्क्रमणमुक्त भए पनि नेता खनाल केही दिन चिकित्सकको सल्लाहमा अस्पतालमै रहने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार